समाचारशनिबार, साउन १३, २०६९
कांग्रेसमा ४२ विभागको जिम्मेवारी बाँडफाँड
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई पार्टी प्रवक्ता चयन गरेका छन् । सभापति कोइरालाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय सदस्य रामकृष्ण ताम्राकारलाई उपत्यका समन्वय समितिको संयोजक र बाबुराम रानालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको उल्लेख छ ।
नेपाल विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघ र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन सम्पन्न गर्न महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य बद्री पाण्डे रहेको केन्द्रीय निर्देशन समिति गठन गरिएको छ ।
नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन सम्पन्न गर्न महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य कमला पन्त रहेको समिति गठन गरिएको छ । ती दुवै समितिमा सम्बन्धित विभागको प्रमुखसमेत रहने छन् ।
यसैबीच पार्टीको महाधिवेशन भएको झन्डै दुइ वर्षछि कांग्रेसले केन्द्रीय विभाग थपेर विभागका प्रमुखहरु समेत तोकेको छ । पार्टीमा १२ विभाग थपेर विभागको संख्या ४२ पुर्याएको छ ।
सभापति कोइरालाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी विभागहरु थप गरेका हुन् । पार्टी सगठनलाई अझ बढी क्रियाशील बनाउन विभागहरुको कार्यक्षेत्र विस्तारसहित थप विभागहरुको व्यवस्था गरिएको पार्टीले जनाएको छ ।
चार केन्द्रीय सदस्य, सहमहामन्त्री, संसदीय बोर्ड, अनुशासन, कार्यसम्पादन लगायतका समिति गठन गर्न भने बाँकी नै छ । थपिएका १२ विभागमा मुस्लिम, तर्राई-मधेश, साहित्य, कला तथा संस्कृति, शान्ति सुरक्षा र सेवा, काठमाडौं सर्म्पर्क समिति समन्वय, पर्यटन, संघीय मामिला, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, सिंचाइ तथा पूर्वाधार विकास, वित्तीय संस्था समन्वय र निर्माण व्यवसायी समन्वय विभाग छन् ।
कांग्रेसको विधानबमोजिम सभापति कोइरालाले केन्द्रीय सदस्यहरुलाई विभागको प्रमुखमा मनोनयन गरेका छन् । स्थानीय निकायमा दिलबहादुर र्घर्ती, संसदीयमा पूर्णबहादुर खड्का, कृषि तथा सहकारीमा बालकृष्ण खाँण, उद्योग व्यापारमा दीपकुमार उपाध्याय, भूपूसैनिकमा रमेश रिजाल, गैरसरकारी संस्था एवंसामाजिक सेवामा डा. नारायण खड्का, प्रचारमा डा. मिनेन्द्र रिजाल र प्राकृतिक स्रोतमा डा. प्रकाशशरण महत प्रमुख रहेका छन् ।
मुस्लिममा फरमूल्लाह मंसुर, महिलामा मीना पाण्डे, अन्तर्राष्ट्रिय सम्बन्धमा सुजाता कोइराला, स्वास्थ्यमा डा. शशांक कोइराला, तर्राई-मधेशमा उमाकान्त चौधरी, साहित्य, कला तथा संस्कृतिमा मनमोहन भट्टर्राई, नेपाली जनसर्म्पर्क समिति समन्वयमा अर्जुनप्रसाद जोशी, अनुसन्धान तथा अभिलेखमा महालक्ष्मी उपाध्याय, आदिवासी तथा जनजातिमा भीष्मराज आङ्दम्वे, पेशागत तथा बौद्धिकमा डा. शेखर कोइराला, संगठनमा आनन्दप्रसाद ढुंगाना, काठमाडौं सर्म्पर्क समिति समन्वयमा र्सूयमान गुरुङ, निर्माण व्यवसायी समन्वयमा दीपक गिरी र विद्यार्थीमा नविन्द्रराज जोशी प्रमुख रहेका छन् ।
त्यसैगरी शिक्षामा चन्द्र भण्डारी, प्रशासनमा कमला पन्त, यातायात तथा व्यवसायमा अजयकुमार चौरसिया, अनुगमन तथा मूल्यांकनमा अम्बिका बस्नेत, खेलकूदमा धनराज गुरुङ, संवैधानिक तथा कानूनमा पुष्पा भूसाल, तरुणमा शंकर भण्डारी, पर्यटनमा किशोरसिंह राठौर, संघीय मामिलामा गगनकुमार थापा, श्रमिकमा बद्री पाण्डे, दलितमा जीवन परियार, द्वन्द्व व्यवस्थापनमा इश्वरी न्यौपाने र विज्ञान तथा प्रविधिमा सीता गुरुङ प्रमुख रहेका छन् ।
यसैगरी वन तथा वातावरणमा कविताकुमारी सरदार बाँतर, सिंचाई एवं पूर्वाधार विकासमा मिनाक्षी झा, अपांगमा सुजाता परियार, शान्ति सुरक्षा र सेवामा पार्वती डिसी चौधरी, वित्तीय संस्था समन्वयमा राजनप्रसाद पन्त, वैदेशिक रोजगार क्षेत्र समन्वयमा लक्ष्मी र्राई र सांस्कृतिक विभागमा मीना सुब्बा प्रमुख रहेका छन् ।
यसैगरी सभापति कोइरालाले चौध अञ्चलका समन्वय समितिमा केन्द्रीय सदस्यहरुलाई संयोजक तोकेका छन् । जसअनुसार मेचीमा महेन्द्र यादव, कोशीमा पद्मनारायण चौधरी, सगरमाथामा केशवकुमार बुढाथोकी, जनकपुरमा रामकुमार चौधरी, बागमतीमा रत्न शेरचन, नारायणीमा रामचन्द्र तिवारी र गण्डकीमा कृष्णचन्द्र नेपाली संयोजक रहेका छन् ।
त्यस्तै लुम्बिनीमा सुरेन्द्रराज पाण्डे, धवलागिरीमा एनपी साउद, राप्तीमा बाबुराम राना मगर, कर्णालीमा मीन विश्वकर्मा, भेरीमा डिल्लीराज रेग्मी, सेतीमा ज्ञानेन्द्रबहादुर कार्की र महाकालीमा जीवनबहादुर शाही संयोजक तोकेको पार्टीका मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस
