समाचारशनिबार, पौष २०, २०७०
कञ्चनपुरमा ४३ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा
सन् २००३ बाट कञ्चनपुरलाई कार्यक्षेत्र बनाएको माइती नेपालले २०१३ को अन्त्यसम्म ४३ जनामाथि मानव बेचबिखनबिरुद्ध र जबरजस्ती करणी मुद्दा दायर गरेको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखनबिरुद्ध २५ जना र जबरजस्ती करणीबिरुद्ध १६ जनामाथि मुद्दा चलाइएको जानकारी दिइन् ।
सन् २००७ मा पहिलोपटक चारजनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरेको थियो ।
उनका अनुसार ११ वर्षको अवधिमा माइती नेपालले ९६ जनाको उद्दार गरेको छ । जसमध्ये १७ जना बालबालिका छन् ।
यसैगरी माइती नेपालले यसै अवधिमा विभिन्न प्रलोभनमा परी भारतीय शहरका साथै तेस्रो मुलुक जान भनेर हिंडेका डेढ हजारभन्दा बढीलाई सीमा क्षेत्रमा रोकाथाम गरेको छ ।
संयोजक भट्टले ११ वर्षको अवधिमा माइती नेपालले झन्डै २२ हजार जनालाई चेलिबेटी बेचबिखनबिरुद्ध परामर्श दिएको जानकारी दिइन् ।
रासस
