समाचारशनिबार, पौष २०, २०७०

शैक्षिक क्षेत्र राजनीतिबाट मुक्त हुनुपर्छ: नेता नेपाल

हिमालखबर

काठमाडौंको कपनस्थित माउन्ट कैलाश आवासीय माध्यमिक विद्यालयको रजत महोत्सवका अवसरमा २० पुसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै एमाले नेता माधवकुमार नेपालले विद्यालयलाई शान्ति र राजनीतिरहित क्षेत्रमा रुपान्तरण गर्न अन्य दलका नेताहरूसँग परामर्श गर्ने बताएका छन् ।

शैक्षिक प्रतिष्ठानहरूलाई राजनीतिबाट मुक्त पार्न सबै राजनीतिक दल गम्भीर हुनुपर्छ भन्दै नेता नेपालले मुलुकको चौतर्फी विकासको माध्यम शिक्षा भएकाले यस क्षेत्रलाई राजनीतिरहित बनाउनु जरुरी रहेकोमा जोड दिए ।

अब बन्ने संविधानसभाले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने पनि उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>