समाचारशनिबार, पौष २०, २०७०

पृथ्वीजयन्तीमा बिदा दिन सरकार सकारात्मकः संस्कृतिमन्त्री

हिमालखबर

पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने र उक्त दिन राष्ट्रिय बिदा दिनुपर्नेमा विभिन्न दलका नेताहरुले माग गरेका छन् ।

‘राष्ट्रिय एकता दिवस तथा २९२ औँ पृथ्वीजयन्ती मूल नागरिक समारोह समिति’द्वारा २० पुसमा काठमाडौंमा आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयको अन्तक्र्रियामा एमाओवादी, नेकपा–माओवादी, नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरुले पृथ्वीनारायण शाहले राष्ट्र निर्माण र संरक्षणमा दिएको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।

को चार जात छत्तीस वर्णको फूलबारी अहिलेको परिमार्जित सङ्घीयताको रुप हो र अहिले उनी भएको भए उनी सङ्घीयताको पक्षमा हुने थिए भन्नुभयो । उनीहरुले पृथ्वीनारायणको सम्मान गर्दै हरेक नागरिकले पृथ्वीजयन्ती घरघरमा मनाउनुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पृथ्वीनारायणको जन्मजयन्तीका दिन बिदा दिन सरकार सकारात्मक रहेको र मन्त्रिपरिषद्, गृहमन्त्रालयसहित सम्बन्धित सबै पक्षसँग छलफल गरी सहमति भएमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान आफूले विलम्ब नगर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका शेखर कोइराला, एमालेका रघु पन्त, एमाओवादीका हेमन्त ओली, नेकपा–माओवादीका कुलप्रसाद केसी, जनमोर्चाका विष्णु थिङ, राप्रपा नेपालका चन्द्रबहादुर गुरुङलगायतको सहभागिता थियो ।

त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिका संयोजक डा रमेश ढुङ्गेल, नागरिक समाजका भरत बस्नेत, प्रा दिनेशराज पन्त, प्राज्ञ जगमान गुरुङलगायतले पृथ्वीनारायणले नेपालको एकीकरणको साथसाथै त्यस बेलाको इतिहासमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिसँग लडेकाले यस महादेशकै महानायक भएको विचार व्यक्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>