समाचारआइतबार, पौष २१, २०७०

शिकारलाई हान्दा साथीको मृत्यु

हिमालखबर

शिकार खेल्न २० पुस राती जंगलमा गएका धनकुटाका एक युवकले हानेको भरुवा बन्दुकको गोली लागेर आफ्नै साथीको मृत्यु भएको छ । बसन्तटार–४ का सुरेन्द्र लिम्बूले हानेको गोली लागेर सोही ठाउँका अइतराज (राजन) लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सुरेन्द्र, राजन र अर्का एक जना बसन्तटार–१ को रमिते जंगलमा दुम्सीको शिकार गर्न गएका थिए । दुईतिरबाट शिकार छेक्ने क्रममा दुम्सी ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीलाई लागेको सुरेन्द्रले प्रहरीसँग बताएको कार्कीले जानकारी दिए ।

सुरेन्द्रले २१ पुसमा प्रहरीसमक्ष आत्मसमर्पण गरेको र उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>