थप समाचारआइतबार, पौष २१, २०७०
त्रिभुवन विमानस्थलमा प्रि–पेड ट्याक्सी
‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटिेड’ ले त्रिभुवन विमानस्थलमा २०० वटा प्रि–पेड (पहिले नै रकम भुक्तान गरेर चढ्ने ) ट्याक्सी सेवा सञ्चालन शुरु गरेको छ ।
पहिलो चरणमा त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फबाट गरी १८३ ट्याक्सी चलाइने र बाँकी १६ वटा ट्याक्सी केही दिनमा आइपुग्ने ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ का अध्यक्ष पुरूषोत्तमसिंह खडायतले बताए ।
ट्याक्सीको भाडा स्वदेशी तथा विदेशी सबै यात्रुका लागि प्रति किलोमिटर ७३ रुपैयाँ तोकिएको छ भने न्यूनतम ५ किलोमिटरको एकमुष्ठ ५०८ रुपैयाँ लिइने खडायतले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमानले प्रिपेड ट्याक्सीको उद्घाटन गरेका थिए ।
देवकी बिष्ट, हिमालखबर
