थप समाचारसोमबार, पौष २२, २०७०
बलात्कारीलाई ११ वर्ष कैद
जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले बलात्कार गर्नेलाई ११ वर्षको कैद सजाय सुनाएको छ । चितवन जुटपानी–३ गैंडाखोलाका २५ वर्षीय रामराज खनाल क्षेत्रीले बलात्कार गरेको ठहरसहित इजलासले २१ पुसमा फैसला सुनाएको हो ।
पीडित बालिकालाई घरमा नै गएर धम्काएर खनालले पटक–पटक बलात्कार गरेका थिए । खनाललाई १३ जेठमा प्रहरीले पक्राउ गरेको थियो ।
चितवन जिल्ला अदालतको ४ असारको आदेशमा उनी पुर्पक्षका लागि थुनामा थिए । बलात्कारपछि बालिका गर्भवती भएकी थिईन् ।
सविता श्रेष्ठ, चितवन
