थप समाचारसोमबार, पौष २२, २०७०
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ को मृत्यु, ४२ घाइते
सदरमुकाम सन्धिखर्कबाट काठमाडौंतर्फ गइरहेको लु १ ख ५७६३ नम्बरको यात्रुबाहक बस २२ पुस साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४३ जना घाइते छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बर्दिया घर भई नेपाली सेनामा कार्यरत अन्दाजी ४२ वर्षीय हसलाल चौधरी र अर्घाखाँची, हंसपुर–२ का अन्दाजी ५२ वर्षीय रेमकला केसी छन् । उपचारका लागि बुटवल लैजाँदै गर्दा अर्घाखाँची, बाँगी ३ का देवेन्द्र थापाको मृत्यु भएको छ ।
गम्भीर घाइते ९ जनालाई उपचारका लागि बुटबल लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस फुदबाँग बजार नजिकैबाट करिब तीन सय मिटर तल खसेको छ । बसलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

