समाचारसोमबार, पौष २२, २०७०
भन्सार अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले र२८ लाख रुपैंया भ्रष्टाचार गरेको भन्दै कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुका शाखा अधिकृत हिमलाल शर्माविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले २२ पुसमा शर्मासहित नायव सुब्बा सब्बिर अलि पठान र खरिदार श्याम चन्द्र सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले न्यू पश्चिमाञ्चल टे«डर्ससँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुले घटी राजश्व निर्धारण गरी बढी परिमाण सामान भन्सार नतिराई भित्र्याउन दिने गरेका थिए ।
उनीहरुविरुद्ध २ लाख ८६ हजार ३६ रुपैंया बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।
