समाचारआइतबार, साउन १४, २०६९
रु.२५ अर्ब हिनामिना गर्ने दाहाल नै हुन्: चन्द
मोहन वैद्य माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ नेपालले नवलपरासीको कावासोतीमा १४ साउनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो दाबी गरेका हुन् । दाहालले आफूले गरेको हिनामिना लुकाउन लडाकुका डिभिजन कमाण्डरहरुलाई राजिनामा दिन लगाएको चन्दको भनाइ छ । लडाकु शिविरमा अर्बौ रुपियाँ भ्रष्टाचार गरेको कुरा उठेपछि ३ साउनमा एमाओवादीको सातौं विस्तारित बैठक नै अवरुद्ध भएको थियो ।
चन्दले देशलाई निकास दिन आफ्नो पार्टीको नेतृत्वमा संयुक्त सरकार निर्माण हुनुपर्ने दाबी गरे । संविधानसभा चुनाव वा पुनर्स्थापना दुवै अर्थहीन हुने उनको भनाइ थियो ।
एमाओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई दक्षिणपन्थी भासमा फसेकोले दुवै जनाले क्रान्तिको नेतृत्व गर्न नसक्ने चन्दको आरोप छ । कांग्रेसलाई बिपी कोइराला र एमालेलाई पुष्पलाल/मदन भण्डारीको विचारमा चल्न उनले सुझावसमेत दिए ।
विद्रोही गिरी, कावासोती
