समाचारमंगलबार, पौष २३, २०७०

स्वाइन फ्लूले सहसचिवको निधन

हिमालखबर

राजधानीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको निधन भएको छ । २३ पुस बिहान ७ बजे उनको निधन भएको अस्पतालका प्रवक्ता आरपी मैनालीले जानकारी दिए ।

उनको स्वाइन फ्लूका कारण निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ल्याब टेस्टबाट भट्टराईलाई स्वाइन फ्लूको संक्रमण भएको पुष्टी भएको थियो ।

अमेरिका भ्रमणमा गएर फर्केलगत्तै उनी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनी २४ भदौ २०६६ देखि आयोगमा सहसचिव थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>