थप समाचारमंगलबार, पौष २३, २०७०
युवती बेचबिखन गर्नेलाई ७ वर्ष कैद
जिल्ला अदालतले युवती बेचबिखन गर्न खोज्ने संखुवासभा, माम्लिङ–१ का अम्बरबहादुर रायलाई सात वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश टिकाराम उप्रेतीको एकल इजलासले २२ पुसमा सजाय सुनाएको हो ।
रायले सिद्धपोखरी–८ की २३ बर्षिया एक युवतीलाई झूटो ठेगाना बताई विवाह गरेको र बिक्री गर्न खोजेको अदालतको ठहर छ । उनीका सहयोगी चैनपुर–८ का हुकुम सिंह डाँगीलाई भने अदालतले साढे तीन वर्षको कैद सजाय सुनाएको छ ।
उनलाई २४ बैशाख २०७० मा इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको थियो । उनीविरुद्ध २७ बैशाख २०७० मा मानव बेचबिखनको मुद्दा दायर भएको थियो ।
आफ्नो नाम विनोद ढकाल र ठेगाना मादिमुलखर्क बताउने रायको वास्तविक ठेगाना माम्लिङ–१ रहेको पुष्टी भएको थियो ।
छेटु शेर्पा, संखुवासभा
