थप समाचारमंगलबार, पौष २३, २०७०
‘उराँव जातीलाई पनि संविधानसभामा लैजाउ’
उराँव जातीको संगठन ‘नेपाल झागँड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ कल्याण सुधार समिति’ले संविधानसभा आफूहरुलाई पनि पार्न माग गरेको छ । राजधानीमा २३ पुसमा पत्रकार सम्मेलन गरेर समितिले आफूहरुलाई पनि संविधानसभामा पुर्याउनुपर्ने माग गरेको हो ।
तराईमा साढे तीन लाखको संख्यामा बसोबास गर्ने उराँव जातीलाई कुनै पनि दलले प्रत्यक्ष तथा समानुपातिकतर्फमा नपारेको उनीहरुले गुनासो गरे । संविधानसभामा नपुग्दा उराँव जातीलाई देशको मूलधारमा आउने बाटो नै बन्द हुने उनीहरुको तर्क छ ।
उनीहरुले मन्त्रिपरिषदले मनोनित गर्ने २६ जनामा उराँव जातीलाई पनि प्रतिनिधित्व गराउन राजनीतिक दलसँग आग्रह गरे ।
नेपाल झागँड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ कल्याण सुधार समितिको विज्ञप्तीः

