समाचारमंगलबार, पौष २३, २०७०
सहमतिका लागि तयार छौं: वैद्य
कलाकार अरनिकोको स्मृतिमा राजधानीमा २३ पुसमा भएको कार्यक्रममा वैद्यले सहमतिका लागि दलहरु लचिलो भए त्यसका लागि आफूहरु पनि तयार रहेको बताएका हुन् । तर, उनले आफूहरुलाई पाखा लगाएर शान्ति प्रक्रियाले पूर्णता नपाउने जिकिर गरे ।
उनले भने, “जनयुद्धको एक हिस्सालाई पाखा लगाएर शान्ति प्रक्रियाले पूर्णता पाउनै सक्दैन ।” उनले सबै पक्षलाई समेट्दा मात्र देशले निकास पाउने बताए ।
उनले सर्ववक्षीय सभा गरेर आन्दोलनरत पक्षलाई समेट्नुपर्नेमा जोड दिए ।
