समाचारमंगलबार, पौष २३, २०७०

दाहालको राजिनामा माग

हिमालखबर

मिथिला ब्यूरो सदस्यहरुले २३ पुसमा जनकपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष दाहालको राजिनामा माग गरेका हुन् । संविधानसभा चुनावमा पार्टीको हारको जिम्मेवारी लिँदै दाहालले अध्यक्षबाट राजिनामा दिनुपर्ने उनीहरुको तर्क छ ।

संस्थापन पक्षबाट असन्तुष्ट नेता तथा कार्यकर्ताले हारको नैतिक जिम्मेवारी दाहालले नै लिनुपर्ने जिकिर गरे ।  एमाओवादी केन्द्रीय सदस्य असर्फी भिन्वार यादवले सम्मेलनमा बोल्दै मधेश ब्यूरो इन्चार्जबाट रामचन्द्र झा, मिथिला राज्य समिति इन्चार्जबाट विश्वनाथ साह र जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले पनि राजिनामा दिनुपर्ने बताए ।

उनीहरुले ६५ सदस्यीय मिथिला ब्यूरोमध्ये ४० जना आफूहरुसँग रहेको पनि दाबी गरे । अधिकांश मिथिला ब्यूरो ईन्चार्जका सदस्य सहभागि पत्रकार सम्मेलनमा एमाओवादीले कात्तिक तेस्रो साता निलम्बन गरेका केन्द्रीय सदस्य एवम् मिथिला ब्यूरो सेक्रेटरी जोगकुमार यादवको पनि उपस्थिति थियो ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>