समाचारबुधबार, पौष २४, २०७०
भारतमा नेपाली च्यानल हेर्न सकिने
पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि नेपाली च्यानल प्रशारणमा लागेको प्रतिबन्ध हटेको हो । प्रतिबन्ध हटेपछि दार्जिलिङसहित भारतका पहाडी क्षेत्रका बासिन्दाले भारत बाहेकका च्यानल हेर्न पाउने छन् ।
भारतले गोर्खाल्याण्डको मागको आन्दोलनलाई प्राथमिकता दिएको आरोप लगाउँदै २५ साउनदेखि नेपालीसहित बाहिरका टेलिभिजन च्यानल प्रशारणमा रोक लगाएको थियो । सरकारी प्रतिबन्धका कारण त्यहाँका बासिन्दा बाँकी विश्वको खबरबाट बञ्चित थिए ।
त्यहाँका जिल्ला अधिकारीहरुले २३ पुसदेखि प्रतिबन्ध फुकुवा गरेको सूचना जारी गरेका छन् ।
गोपाल गडतौला, झापा
