समाचारबुधबार, पौष २४, २०७०

अख्तियारले १५० विद्यालयमा अनुसन्धान गर्ने

हिमालखबर

अख्तियार टोलीमा प्रहरी अधिकारी, मन्त्रालयका सहसचिव र शाखा अधिकृत स्तरका कर्मचारी सहभागी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाका अनुसार टोलीले जिल्लाबाट अख्तियारमा परेका एक सय ५० झोले विद्यालय सञ्चालनसम्बन्धी उजुरीलगायत अन्य सरकारी कार्यालय तथा संघ संस्थामाथि परेका विभिन्न उजुरीको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

महोत्तरीका विभिन्न सरकारी कार्यालयमा भएको अनियमितता, घुसखोरीजस्ता अनेकौँ विषयमा दर्जनौँ उजुरी अख्तियारमा परेको थपलियाले बताए । टोलीले जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जलेश्वर नगरपालिका लगायतका कार्यालयमा अनुगमन गर्ने कार्यक्रम रहेको टोली प्रमुख सुदर्शन कोइरालाले जानकारी दिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>