समाचारसोमबार, साउन १५, २०६९
मुख्यसचिव बढुवाप्रति असन्तुष्ट तीन सचिवद्वारा राजीनामा
कोइराला, राणा र उप्रेतीले १५ साउनमा राजिनामा दिएका हुन् । मुख्यसचिवका १३ प्रतिस्पर्धी मध्ये कोइराला सबैभन्दा वरिष्ठ थिए । सरकारले १४ साउनमा लिलामणी पौडेललाई कामु मुख्य सचिवमा बढुवा गरेको थियो ।
सरकारको यस्तो निर्णयले कर्मचारी प्रशासनको मनोबल गिर्ने भन्दै उनले राजीनामा गरेका हुन् । बढुवा भएका पौडेलले आठौं बरियातामा थिए । २१ साउनमा मुख्य सचिव माधव घिमिरेले अनिवार्य आवकाश पाएपछि पौडेल स्वतः मुख्य सचिव हुनेछन् ।

