थप समाचारबुधबार, पौष २४, २०७०

अधिकारी हत्या प्रकरणः प्रहरी हत्यारा नजिक

हिमालखबर

प्रहरी उपरीक्षक कार्कीले घटनामा गोली हान्ने कार्यमा सहभागी तीन जनाको पहिचान भएको जानकारी दिए । अनुसन्धानका क्रममा पहिचान भएका तीन मध्ये गोली हान्ने दुई जनाको नाम खुलेको र अपहरण गरेर लैजाने कार्यमा सहभागी एक जनाको नाम खुल्न बाँकी रहेको उनले बताए । गोरखा फुजेल ७ का १७ वर्षीय कृष्ण अधिकारी हत्याको आरोपमा उनको परिवारले ११ जनाको नाममा किटानी जाहेरी दिएको थियो । अहिले पहिचान गरिएका अपराधीहरु किटानी जाहेरी भन्दा बाहिरको रहेको प्रहरीले जनाएको छ ।

अधिकारीको हत्यामा संलग्न ब्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रहरी उपरीक्षक कार्कीले बताएका छन् । पहिचान भएकाहरुको खोजी कार्य तिव्र बनाएको भन्दै उनले दोषीलाई जति सक्दो छिटो कानुनी दायरामा ल्याइछाड्ने बताएका हुन् । चितवन प्रहरीको सुक्ष्म अनुसन्धानबाट दोषीको पहिचान हुन सफल भएको उनको भनाई छ ।

हजुरबुबा आमालाई भेट्न आएका अधिकारीको तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले २४ जेठ ०६१ मा चितवनको रत्ननगर नगरपालिका–१, बकुल्लहरबाट अपहरण गरि गोली हानेर हत्या गरेका थिए । सोही हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले दुई जनालाई गिरफ्तार गरी प्रमाण नपुगेको भन्दै छाडेको थियो ।

सविता श्रेष्ठ
, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>