समाचारबिहीबार, पौष २५, २०७०

कांग्रेस–एमालेको जुँगाको लडाइँले विवादः पुन

हिमालखबर

एमाओवादी नेता पुनले संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा विवाद गर्नुपर्ने कुनै कारण नभए पनि कांग्रेस–एमालेबीचको विवादले समस्या भएको बताएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा २५ पुसमा गरेको कार्यक्रममा उनले संविधानसभा बैठक राष्ट्रपतिले नै बोलाउनुपर्नेमा जोड दिए ।

बैठक राष्ट्रपतिले छिटो बोलाएर सरकार गठन गर्नुपर्ने उनको भनाइ छ । “सर्वोच्चमा मुद्दा परे पनि राष्ट्रपति विरुद्ध अन्तरिम आदेश जारी नभएकाले संविधानसभा बैठक राष्ट्रपतिले बोलाउने विषयमा हामीलाई कुनै आपत्ति छैन,” उनले भने, “बैठक राष्ट्रपतिले बोलाएर एक वर्षभित्रमा संविधान जारी गर्ने अवस्थाको श्रृजना गर्नुपर्छ ।”

उनले राष्ट्र प्रमुखले नै बैठक बोलाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको पनि जिकिर गरे । उनले संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको पक्षमा आफूहरु नभएको स्पष्ट पारे । एमाले र एमाओवादीबीच कुनै गठबन्धन गर्ने संभावना नरहेको बताउँदै उनले कांग्रेसकै नेतृत्वमा सरकार गठन भए उत्तम हुने उल्लेख गरे ।

कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले संविधानसभा बैठक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नै बोलाउनुपर्नेमा जोड दिए । उनले अहिले विवाद भन्दा पनि एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>