समाचारबिहीबार, पौष २५, २०७०

अधिकारी हत्याको छानबिन गर्न समिति गठन

हिमालखबर

सरकारले अधिकारी हत्याको विषयमा छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । डीआईजी गगणेशराज राईको संयोजकत्वमा २५ पुसमा चार सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बास्कोटाले जानकारी दिए ।

मनवअधिकारकर्मीको लामो समयदेखिको दबाबपछि सरकारले छानबिन समिति गठन गरेको हो । समितिले जतिसक्दो चाँडो छानबिन गर्ने बास्कोटाले बताए ।

गोरखा, फुजेल–७ का १७ वर्षीय कृष्ण अधिकारीको २४ जेठ २०६१ मा हत्या भएको थियो । उनलाई चितवनको रत्ननगर नगरपालिका–१, बकुल्लहरबाट तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले अपहरण गरी गोली हानेर हत्या गरेका थिए ।

अधिकारीको हत्याको आरोपमा उनको परिवारले ११ जनाको नाममा किटानी जाहेरी दिएको थियो । सोही हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले दुई जनालाई गिरफ्तार गरी प्रमाण नपुगेको भन्दै छाडेको थियो ।

यसैबीच, वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिलाई अनशन तोड्न सरकारले आग्रह गरेको छ । सरकारका प्रतिनिधि २५ पुसमा अस्पताल पुगेर अनशन तोड्न आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बास्कोटाले अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गरेको र सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दम्पत्तिलाई गराएको बताए ।

यस्तै, नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले पनि अस्पतालमा पुगेर अधिकारी दम्पत्तिलाई भेटेका छन् । आफ्ना छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति लामो समयदेखि अनशन बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>