समाचारबिहीबार, पौष २५, २०७०

‘सभासद् छनोटमा आर्थिक लेनदेन भएको सूचना पाए अनुसन्धान गर्छु’

हिमालखबर

कार्कीले २५ पुसमा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना पाउनासाथ आयोगले अनुसन्धान अघि बढाउने बताएका हुन ।  जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा आयोगबाट खटिएको टोलीले विगत १५ दिनदेखि सप्तरीसहितका जिल्लामा अनुगमन र अनुसन्धान जारी राखेको बताउँदै उनले केही बिचोलिया र पहुँचवालाले जनताका नाममा आएका रकम दुरुपयोग गरेको पाएको बताए ।

सरकारले विनियोजन गरेको रकम सदुपयोग भएको नभएको र सरकारी निकायबाट प्राप्त हुने सेवा सुविधा जनताले कसरी प्राप्त गरिरहेको भन्ने बारेमा अध्ययन गर्न आफ्नो नेतृत्वको टोली भ्रमण आएको कार्कीको भनाई छ ।

सुशासन कायम गर्ने, मुलुकलाई अनिर्णयबाट निकास दिने र भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झार्दै सुशासन र कानुनी राज्य कायम गर्ने  लक्ष्य आयोगको रहेकाले त्यसलाई मुर्तरुप दिन आयोगले विभिन्न क्षेत्र र जिल्लामा क्षेत्रीय तथा सम्पर्क कार्यालयहरू स्थापना गर्न लागेको उनले जानकारी दिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>