थप समाचारशुक्रबार, पौष २६, २०७०
नेपाल हुँदै भारततर्फ सुन तस्करी
जिल्ला प्रहरी कार्यालय पर्साले एक महीनाको अवधिमा भारत लैजान लागेको साढे ६ किलो सुन बरामद गरेको छ । पर्सा प्रहरीले नेपालको बाटो भएर भारतमा तस्करी हुन लागेको सुन बरामद गरेको जनाएको छ ।
तिब्बतबाट भित्र्याइएको अवैध सुन नेपालको बाटो भएर भारत लैजाने गरिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साले वीरगञ्ज बसपार्कबाट २६ पुस बिहानै मात्र पनि डेढ किलो सुन बरामद गरेको जनाएको छ ।
प्रहरीको विशेष टोलीले सुनसहित एक जनालाई पक्राउ पनि गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौंबाट वीरगञ्ज आउँदै गरेको रात्रिबसमा सवार पर्सा, बगही–३ का संजिव सरार्फलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले साथमै ल्याएको डेढ किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । उनले तिब्बतबाट नेपाल भित्र्याएर भारततर्फ लैजान लागिएको सुन बरामद गरिएको बताए ।
यो घटनासँगै पर्सा प्रहरीले यसै महीनामा भारततर्फ लैजान लागेको सुन तेस्रोपल्ट बरामद गरेको हो । पर्सा प्रहरीले एक महीनाको अवधिमा साढे ६ किलो सुन बरामद गरेको जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
