समाचारसोमबार, साउन १५, २०६९
‘निकासका लागि कांग्रेस नेतृत्वमा सरकार’
१५ साउनमा कांग्रेस जिल्ला सभापतिहरुको दोस्रो राष्ट्रिय भेला उद्भाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । कोइरालाले वर्तमान सरकारविरुद्ध कांग्रेसको नेतृत्वमा अभियान सञ्चालन हुने बताए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले एमाओवादीले १२ बुँदे यताका कुनै पनि सहमति पालना नगरेको उल्लेख गरे । प्रतिपक्षीहरुले मात्रै नभई अन्तराष्ट्रिय समुदाय र आफ्नै कार्यकर्ता समेत एमाओवादीका भनाई पत्याउन छोडेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आफ्नै पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिए । सहमतिय सरकारको नेतृत्व लिनु भन्दा पहिला कांग्रेसभित्रै सहमति हुनु जरुरी भएको देउवाको भनाई थियो ।
उद्घाटन कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न आफूहरुले राष्ट्रपतिलाई आग्रह गरिसकेको जानकारी दिए । एमाओवादी नेताहरु अथाह भ्रष्टाचारमा डुबेको र त्यहाँ नयाँ अभिजात्य वर्ग जन्मिएको पौडेलले बताए ।
१६ साउनमा सम्पन्न हुने दुई दिने राष्ट्रिय भेलामा बन्द सत्र चलिरहेको छ ।
रामजी दाहाल, बाह्रबिसे
