समाचारशनिबार, पौष २७, २०७०

सिरहामा ३३ प्रतिशत विद्युत् चोरी

हिमालखबर

दुई नगरपालिका र १०६ गाविस रहेको सिरहामा ३३ प्रतिशत विद्युत् चोरी हुने गरेको हो । विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा मासिक लाखौँ रुपैयाँको राजस्व चुहावट हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण लहान केन्द्रअन्तर्गत ७४ गाविस र लहान नगरपालिका पर्छन् भने सिरहा केन्द्रअन्तर्गत ३२ गाविस र सिरहा नगरपालिका पर्छन् । दुवै केन्द्रअन्तर्गतका गाविस र नगरपालिकामा करिब ३३ प्रतिशत विद्युत् चुहावट हुन्छ ।

नगरपालिकामा सबभन्दा न्यून र दक्षिणवर्ती गाविस अर्थात् विकट मानिने केही गाविसमा बढी चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण केन्द्र लहानका प्रमुख आमोदकुमार यादवले जानकारी दिए । उनले विद्युत् चुहावट नियन्त्रण गर्न अनुगमन कार्य जारी रहेको भन्दै विद्युत् चुहावट गर्ने उपकरण र व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको दाबी गरे ।

अनुगमन गरेर कारबाही गर्ने कार्य तीव्र पारे पछि विद्युत् चोरीमा कमी आएको उनको भनाई छ । अनुगमनको क्रममा सिरहको भगवानपुर, सोठियाइन, लहरनियाँ, सरहनचियालगायतका दक्षिणवर्ती गाविसबाट २७ थान विद्युतीय मोटर बरामद गरिएको थियो ।

बरामद गरिएको विद्युतीय मोटरको एचपी अनुसार दुई हजारदेखि आठ हजार रुपैंयासम्म जरिवाना असुल गर्दै आएको प्रमुख यादवको भनाई छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>