समाचारशनिबार, पौष २७, २०७०
सरकारमा जान्नौं: सापकोटा
पार्टी कार्यालय कोटेश्वरमा २७ पुस दिउँसो भएको नियमित पत्रकार सम्मेलनमा सापकोटाले कांग्रेस र एमालेले नै मिलेर सरकार चलाउन् भन्ने माओवादीले चाहेको बताए । उनले भने, “कांग्रेस–एमालेले सरकार मिलेर चलाओस्, हामी प्रतिपक्षमा बस्न तयार छौं ।”
उनले सरकार गठनका लागि कांग्रेस सभापतिलाई भनिसकेको पनि बताए । “अध्यक्षले कांग्रेस सभापतिलाई फोन गरेर छिटो सरकार बनाउन आग्रह गरिसक्नुभएको छ,” उनले भने ।
उनले सरकारमा नजाने विषयमा एमाओवादीभित्र एकै स्वर भएको पनि दाबी गरे । सरकारमा जाने नजाने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच कुनै मतभेद नभएको उनले जिकिर गरे ।
उनले कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन आग्रह गर्दै उनले एमाओवादीले संविधान निर्माण सघाउने बताए । तर, उनले फेरि पनि कांग्रेस–एमालेले पुरानै संसदीय खेलमा फर्कने झल्को दिइरहेको आरोप लगाए ।
