समाचारशनिबार, पौष २७, २०७०

प्रा. डा. गोविन्द केसीको अनसन शुरु

हिमालखबर

विद्यार्थीको एक समूहको अवरोधकाबीच संस्थानका प्रा. डा. केसीलाई २७ पुस अपरान्ह अनसन शुरु गरेका हुन् । दिउँसो २ बजेदेखि शुरु गर्नैलाग्दा एक समूहले अवरोध गरेपछि अनसन ढिला शुरु भएको उनी निकट एक प्राध्यापकले बताए ।

‘नेविसंघका विद्यार्थी हौं’ भन्दैआएका एक समूहले २७ पुस दिउँसो अस्पतालभित्रै नाराबाजी गर्दै केसीलाई अनसन बस्न दिएका थिएनन् । तर, केसीले सुरक्षाकाबीच अनसन शुरु गरेका ती प्राध्यापकले जानकारी दिए ।

प्रहरीले भने सुरक्षाको कारण देखाउँदै तत्कालै अनसन शुरु नगर्न केसीलाई आग्रह गरेका थिए । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

२६ पुसमा अस्पतालमा पत्रकार सम्मेल गरी केसीले २७ पुस दिउँसो २ बजेदेखि आमरण अनसन शुरु गर्ने घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलनमा माग पूरा नभए मृत्यु स्विकार्ने, अनशन नछाड्ने बताएका थिए ।

प्रा. डा. केसीले त्रिविका पदाधिकारीको दबाबमा राजीनामा दिन बाध्य पारिएका डिन प्रकाश सायमीको पुनर्बहाली हुनुपर्ने, नयाँ डिन नियुक्ती प्रक्रियाको छानबिन गर्नुपर्ने, संस्थानको क्षमता बिस्तार नगरी थप मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुपर्ने चार सूत्रीय माग अघि सारेका छन् ।

नेसनल मेडिकल कलेज, नेपाल प्रहरीको मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजलाई सम्बन्धन दिन दवाव आएपछि डिन सायमीले २ पुसदेखि लागू हुने गरी १९ मंसीरमा राजीनामा दिएका थिए । उनको राजनीनमा त्रिवि कार्यकारी परिषदले २४ पुसमा स्वीकृत गरेको थियो ।

कार्यकारी परिषदले २५ पुसमा नयाँ डिनमा विवादित छविका चिकित्सक डा. शशी शर्मालाई नियुक्त गरेको थियो । विना राजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्तिको माग गर्दै प्रा।डा। केसी पटकपटक अनसन बसेपछि १ भदौ २०६९ मा प्रा।डा। सायमी डिन नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>