समाचारशनिबार, पौष २७, २०७०
संविधानसभाको पहिलो बैठक ८ माघमा
अध्यक्ष रेग्मीले अन्तरिम संविधान २०६३ को धारा ६९ को उपधारा (१) बमोजिम बैठक आव्हान गरेका हुन । बैठक काठमाडौं, नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएको छ ।
निर्वाचन आयोग आयोगले १८ पुसमा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित ५७५ सभासदको नाम राष्ट्रपति कार्यालयमा बुझाएको थियो । संविधानमा निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको २१ दिन बैठक बोलाउनु पर्ने प्रावधान छ ।
राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्ष मध्ये बैठक कसले बोलाउने भन्ने विषयमा विवाद बढ्दै जाँदा शीतलनिवास र बालुवाटारबीच २६ पुसमा लामो छलफल भएको थियो ।
