समाचारआइतबार, पौष २८, २०७०
मधेशका ३ दलबीच एकीकरणको तयारी
राजधानीमा २८ पुस बिहान पत्रकारहरुसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले पार्टी एकीकरणको प्रयास भइरहेको बताएका हुन् । उनले मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सद्भावना पार्टीबीच एकीकरणको तयारी भइरहेको बताए ।
उनले भने, मधेशको मुद्धालाई शशक्त रुपमा उठाउनका लागि तीन दलबीच एकीकरणको तयारी भइरहेको छ । एकीकरणका लागि सैद्धान्तिक छलफल चलिरहेको जानकारी दिँदै उनले चाँडै पार्टी एकीकरणको घोषणा हुने दाबी गरे ।
संविधानसभामा तमलोपाको ११, फोरम नेपालको १० र सद्भावनाको ६ सिट छ । उनले आफूहरु प्रतिपक्षीमा बस्ने स्पष्ट पारे ।
