समाचारआइतबार, पौष २८, २०७०

व्यापारीद्वारा गरुडा बजार बन्द

हिमालखबर

उद्योग वाणिज्य संघ गरुडा उपशाखाको नेतृत्वमा दोहोरो कर प्रणाली खारेजीको माग गर्दै व्यापारीहरु बन्दमा उत्रिएका हुन् । उनीहरुले २८ पुस बिहानैदेखि बजार बन्द गराएका छन् ।

उनीहरुले करको विषयमा देखिएको मिसम्याच एकपटकलाई मिनहाको माग गरेका छन् । सरकारलाई विभिन्न माध्यमले बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघका उपशाखा अध्यक्ष राम भरोसप्रसाद यादवले बताए ।

बन्दका कारण कुनै पनि पसल खुलेका छैनन् । सरकारले व्यापारीको माग समयमा सम्बोधन नगर्दा अझ् कडा आन्दोलन गर्ने यादवले चेतावनी दिए ।

सञ्जय साह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>