थप समाचारआइतबार, पौष २८, २०७०
ललितपुरमा १४ बलात्कारका घटना
इन्सेकले २८ पुसमा ललितपुरको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै ६१ वटा मानवअधिकार उल्लंघनका घटना भएको जनाएको हो । ती घटनामध्ये १४ वटा बलात्कारका छन् ।
इन्सेकका अनुसार एक वर्षमा १४ जनामाथि बलात्कार तथा बलात्कार प्रयास, एउटा झडप, पाँच वटा कुटपीटका घटना भएका छन् । घरेलु हिंसा २७, बहुविवाह ५, सांस्कृतिक अधिकारबाट बञ्चित ६ र यातना, बेचबिखन तथा घरेलु हिंसाका एक–एक वटा घटना भएको इन्सेकले जनाएको छ ।
ललितपुरमा मानवअधिकार उल्लंघनका घटनामा ९५ जना पीडित भएको इन्सेको भनाइ छ । कार्यक्रममा सहभागी स्थानीय प्रशासन, राजनीतिक दल, पत्रकार, मानवअधिकारकर्मी लगायतले स्वास्थ्य तथा सामाजिक अधिकार उल्लंघनका घटना पनि समेट्न इन्सेकलाई आग्रह गरे ।
