समाचारसोमबार, पौष २९, २०७०
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
ललितपुरमा २९ पुसमा सम्पन्न साधारण सभाबाट कुन्द दीक्षित अध्यक्ष, चन्द्रकिशोर झा उपाध्यक्ष, हस्त गुरुङ महासचिव र उजीर मगर कोषाध्यक्षमा चयन भएका छन् । खोपकेको सदस्य चयन हुनेहरूमा नम्रता शर्मा, आरती चटौत र गुणराज लुँइटेल छन् ।
खोपकेका नवनिर्वाचित अध्यक्ष दीक्षितले एक वर्षभित्र खोज पत्रकारहरूको साउथ एसियन कन्फ्रेन्स गर्ने बताए ।

