समाचारसोमबार, पौष २९, २०७०

हिउँमा कठ्यांग्रिएर दुईको मृत्यु

हिमालखबर

संखुवासभाको हटिया र किमाथांका गाविसको बिचमा पर्ने छेसुम्बा डाँडामा हिउँले पुरिएर २८ पुसमा दुई जनाएको मृत्यु भएको हो । मृत्यु हुनेमा २० वर्षीय दलबहादुर राई र २४ वर्षीय धनबहादुर राई छन् ।

किमाथांका नाकामा चिराइतो पुर्‍याएर फर्कने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमनाथ अधिकारीले जानकारी दिए । १३ जनाको समूहमा नाकामा गएका उनीहरुमध्ये ११ जना भने भागेर बच्न सफल भएका छन् । उनीहरु फर्कने क्रममा भारी हिमपात भएको थियो ।

मानवबस्ती पातलो भएको र हिउँले कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको ठेगाना भने अझै खुलेको छैन ।

संखुवासभाका विभिन्न स्थानमा साता दिनदेखि लगातार हिमपात भइरहेको छ । संखुवासभामा २ हजार ५०० मिटरसम्मको उचाईमा हिमपात भइरहेको हो ।

छेटु शेर्पा, संखुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>