समाचारसोमबार, पौष २९, २०७०
पर्सामा ३० किलो चरेससहित एक पक्राउ
पर्साको इलाका प्रहरी कार्यालय पोखरियाले चरेससहित एक जनालाई पक्राउ गरेको छ । २९ पुसमा ३० किलो चरेससहित मसिहानी गाविसका बन्दी महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
लुकाएर राखेको चरेससहित उनलाई पक्रिएको प्रहरीको भनाइ छ ।
बिम्मी शर्मा, वीरगञ्ज
