थप समाचारसोमबार, पौष २९, २०७०

सृजनाकली आमा बनी (भीडीओसहित)

हिमालखबर

शब्द/तस्वीरः बिक्रम राई

भिडीओ हेर्न यहाँ क्लिक गर्नोस्

गर्भवती सिर्जनाकली ।

सपना भिलेज लजका मालिक धु्रव गिरीजीले २१ पुसको एकाबिहानै फोन गरेर सृजनाकली आमा बन्न लागेको खबर सुनाएपछि हतार–हतार सौराहा पुगें । नभन्दै म लजको हात्तीसार पुग्दा ३८ वर्षकी सृजनाकली बेथाले छटपटाइरहेकी थिई ।

२१ पुसको राति कुरुवा बस्दै माउते वीरबहादुर गुरुङ ।

अलिअघि सौराहामा भेटिएका माहुते राजेन्द्र चौधरीले सामान्यतः हात्ती बेलुका बियाउने बताएका थिए, तर यहाँ बिहान यस्तो भइरहेको थियो ।

२१ पुसको राति कुरुवा बस्दै माउते वीरबहादुर गुरुङ ।

सृजनाकलीको वरिपरि जुटिरहेका गिरीजी र माउतेहरूको हारमा उभिएर म हात्तीबारे अगाडि नसुनेका अनेक कुरा सुनिरहेको थिएँ ।

ब्याउने क्रममा छावाको खुट्टा निस्कँदै ।

सौराहामा सरकारी र निजी क्षेत्रका धेरै हात्ती रहेछन् । तर, सृजनाकली बच्चा पाउने दोस्रो निजी हात्ती रहिछे ।

सिर्जनकालीले जन्माएको छावालाई सालबाट निकाल्दै माउनेतहरु ।

हात्ती त्यो पनि गर्भवती हात्ती पाल्न धेरै गाह्रो हुनेरहेछ । रात–दिन आराममा राख्नुपर्ने गर्भिणी हात्तीलाई खाना नै महीनामा रु.६० हजारको चाहिने रहेछ । छावा जन्मिएपछि पनि माउ तीन वर्ष आरामै बस्दिरहिछे । अर्थात्, हात्ती मालिकले आम्दानी विनाको धेरै खर्च गर्नुपर्दो रहेछ । त्यही कारण ढोईहरूलाई हत्तपत्त आमा बन्न नदिइँदो रहेछ ।

जन्मेको १५ मिनेटपछि उठ्ने कोशिश गर्दै छावा ।

यस्ता कुरा सुन्दासुन्दै दिन गएर रातको १२ बज्यो, छावाको सुरसारै थिएन । माउतेहरूले ‘समय भएपछि बोलाउँछौं, अहिले सुत्नुस्’ भनेपछि म कोठातिर लागें ।

उठेर हिड्ने कोशिश गर्दै छावा ।

भोलिपल्ट दिउँसो साढे दुई बजे सृजनाकलीले छावा जन्माउँदा म त्यहाँ पुगिसकेको थिएँ । दुई दिनदेखिको तनाव सकिएर सबै उत्सवको मूडमा देखिए । विदेशीहरू पनि ‘बेबी एलिफ्यान्ट’ भन्दै त्यहाँ भुम्मिएका थिए ।

आमाको न्यानो अँगालोमा ।

२२ महीनामा जन्मेको सुन्दर–स्वस्थ ३० पुसमा छावा ९ दिनको भएपछि न्वारान गरेर नाम राखिने छ ।


साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>