समाचारसोमबार, पौष २९, २०७०

संविधानसभा पहिलो बैठकले राष्ट्रपति हटाउनेः पोख्रेल

हिमालखबर

रिपोर्टर्स क्लबले राजधानीमा २९ पुसमा गरेको कार्यक्रममा एमाले सचिव पोख्रेलले संविधानसभा पहिलो बैठकले राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउने दाबी गरेका हुन् । उनले बैठकको दोस्रो काम संविधानसभा अध्यक्ष छान्ने र तेस्रो काम नियमावली परिवर्तनसँगै समितिहरु गठन गर्ने भएको जिकिर गरे ।

उनले भने, “नयाँ राष्ट्रपतिको निर्वाचन पछि मात्रै सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।” उनले अहिलेको संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई नचिन्ने पनि जिकिर गरे ।

“नयाँ राष्ट्रपति आएर ब्यवस्थापिका संसदको बैठक आब्हान गरेपछि मात्रै सरकार निर्माणको प्रक्रिया अघि बढ्छ,” उनले भने । सरकार निर्माणमा एमालेले कांग्रेससँगै सहयात्रा गर्ने स्पष्ट पार्दै उनले त्यसको लागि कांग्रेसले समान हैसियत हुने गरी शक्ति बाँडफाँडको उपयुक्त प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए ।

मन्त्रिपरिषदबाट मनोनित हुने २६ जनामा विज्ञ र प्रतिनिधित्व छुटेका विभिन्न जातजातीका प्रतिनिधिहरु समावेश हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>