समाचारसोमबार, पौष २९, २०७०
स्वास्थ्यकर्मी बाबुले नै छोरीलाई थुनेर राखे
प्रतिष्ठानको आवास क्षेत्रको सिभिललाइनमा परिवारसहित बस्दैआएका ठाकुरले आफ्नै छोरीलाई अमानवीय किसिमले थुनेर राखेको खुलासा भएको हो । उनले आफ्नी २५ वर्षिया छोरी अम्बिकालाई चार वर्षदेखि थुनेर राखेको प्रहरीले जनाएको छ ।
उनले छोरीलाई थुनेर राखेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । छिमेकी नन्दनकुमार राईले २९ पुस बिहान ठाकुरले छोरीलाई थुनेर राखेको थाहा पाएका थिए ।
उनलाई २९ पुसमै पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी सन्जयसिंह थापाले जानकारी दिए । पीडितको भने प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
आकस्मिक कक्षका इन्चार्ज डा. ज्ञानेन्द्र मल्लका अनुसार अम्बिकाको ब्लडसुगर उच्च रहेको पाइएको छ । उनले लामो समयदेखि खाना नखाएको र मानसिक समस्या हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सीता मादेम्बा, धरान
