थप समाचारमंगलबार, पौष ३०, २०७०

कुटपिट गरी पत्नीको हत्या

हिमालखबर

झापा जलथलका लिलु बेस्राले २८ पुसमा पत्नी बिट्टीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । २९ पुसमा मेची अञ्चल अस्पताल भद्रपुर पुर्‍याइएकी बिट्टीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शरीरभर निलडाम देखिएपछि त्यहाँ रहेको प्रहरीले शंका लागि लिलुलाई केरकार गर्दा उनले कुटपीट गरेको स्वीकारेका थिए ।

बयानमा लिलुले स्थानीय हाटमा दुबैले रक्सी पिएको र श्रीमती घरजान ढिलो गरेकोले कुटपिट गरेको बताएका थिए । कुटपिटबाट सिकिस्त भएकी श्रीमतीलाई भोलिपल्ट उपचारको लागि अस्पताल लगेको पनि बयान दिएका छन् ।
पति पत्नी दुवै स्थानीय चिया बगानका मजदुर हुन ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>