थप समाचारमंगलबार, पौष ३०, २०७०
हत्या आरोपी एमाओवादी नेतालाई उन्मुक्ति
हत्या आरोपी कुशवाहाले पर्सा जिल्ला अदालतबाट सफाई पाएका हुन् । तिवारीकी श्रीमती बविता तिवारीले दिएको बयानका आधारमा अदालतले उनलाई २८ पुसमा सफाइ दिएको हो ।
न्यायधीश श्यामसुन्द अधिकारीको इजलासले कागजलाई प्रमाणका रुपमा लिन नमिल्ने भन्दै उनलाई सफाइ दिने फैसला सुनाएको हो । कुशवाहा एमाओवादी भोजपुरा राज्य समिति सचिवालय सदस्य हुन् ।
उनलाई तीन वर्षअघि वीरगन्जमा काशिनाथ तिवारी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ पुसमा चितवनबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरिएकोमा एमाओवादीले आपत्तिसमेत जनाएको थियो ।
पर्सा जिल्ला अदालतले अर्का हत्या आरोपी अमन कुशवाहालाई भने अढाई वर्ष कैदको सजाय सुनाएको छ । बिम्मी शर्मा, वीरगञ्ज
