समाचारमंगलबार, पौष ३०, २०७०

विद्‍यार्थीले भने, ‘प्रा. डा. केसीको माग पूरा गर’

हिमालखबर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थीहरुले शिक्षण अस्पतालबाट र्‍याली निकालेर बालुवाटारस्थित मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निवासमा पुगी अनसनरत प्राध्यापक डा गोविन्द केसीको माग पूरा गर्न ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।

हाडजोर्नीसम्बन्धी स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सक आकाश पोखरेलले डा केसीले शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको राजनीतिक हस्तक्षेपविरुद्ध विभिन्न माग राखेर आमरण अनशन बसेका प्राध्यापक केसीको मागप्रति सरकार संवेदनशील हुन आग्रह गरे ।

अस्प्तालकै डा महेशराज सिग्देलले प्राध्यापक केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै त्यहाँ कार्यरत चिकित्सकले विभिन्न सेवा बन्द गरी ऐक्यबद्धता प्रकट गरेको जानकारी दिए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त विश्वविद्यालयका रुपमा स्थापना गर्नुपर्ने, निजी मेडिकल कलेजलाई सम्बन्धन दिन बन्द गर्नुपर्ने, वरिष्ठता तथा कार्यदक्षताका आधारमा स्वच्छ प्रक्रियाबाट पदाधिकारी नियुक्ति गर्नुपर्ने लगायत माग राखी प्राध्यापक डा केसी गत २७ पुसदेखि अस्पताल परिसरमा आमरण अनशनमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>