थप समाचारमंगलबार, पौष ३०, २०७०

कारागारबाट फरार कैदी पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय वाट गस्तीमा गएको प्रहरी टोलीले कैदी धनराज खत्री र बालम बोहरलाई उनीहरुकै गाउँ मौलाली र सुर्माबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीले कैदी बोहरा लाई सुर्मा गाविस नाउलीस्थित उनकी दिदिको घर नजिक परालको कुन्यूभित्र लुकेको अवस्थामा प्रकाउ गरेको हो भने अर्का फरार कैदी खत्रीलाई मौलाली, रकैलमा घर वाट पैसा लिएर भारत हिड्न लागेको अवस्थामा फेला पारेको हो ।

घटनाको अनुसन्धान गर्न बझाड आएका सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लव बहादुर विष्टले फरार कैदी प्रकाउ गर्न सफल प्रहरी टोली लाई धन्यवाद दिनुका साथै पदोन्नती गर्ने र ड्युटीमा लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्ने बताएका छन् । साथै भगौडा कैदीलाइ थप सजायको लागि समेत सिफारिस गरिने भएको छ ।

२७ पुस साँझ बझाड कारागारबाट फरार भएका कैदीलाई पक्राउ गर्न सहयोग पु¥याउनेलाई ५० हजार पुरस्कार दिने घोषणा बझाङल प्रहरीले गरेको थियो ।
बसन्तप्रताप सिंह, बझाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>