समाचारबुधबार, माघ १, २०७०

अधिकारीको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने

हिमालखबर

नेपाल मानवअधिकार सङ्गठनले ३० पुसमा आयोजना गरेको ‘अधिकारी दम्पतीः न्यायको खोजी’ विषयक सरोकारवाला बीचको छलफल कार्यक्रममा हालसम्म पनि घटनालाई सरकारले बेवास्था गरेको भन्दै यस घटनालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा मानअधिकारकर्मी दिनेश त्रिपाठीले घटनाको अनुसन्धान कार्यमा ढिलाइ भएको भन्दै छिट्टै नै पीडितलाई न्यायको दायरामा ल्याउनुपर्नेमा जोड दिए । इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलले दम्पती जोडीले न्याय पाए अरू पीडितले सहज तरिकाले न्याय पाउने बताए ।

मृतकका दाजु नुरप्रसाद अधिकारीले न्यायका लागि पटकपटक आमाबुबा अनशन बस्नु परेको बताए ।

नन्दप्रसाद अधिकारी र निजकी श्रीमती गङ्गामाया अधिकारीको कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ माओवादीले हत्या गरिएको थियो । दोषीलाई कारबाहीको दायरामा ल्याउँछौँ भन्ने सरकारी आश्वासन कार्यान्वयन हुन नसकेकाले अधिकारी दम्पती दोस्रोपटक अनशन बसिरहेका छन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>