थप समाचारबुधबार, माघ १, २०७०
रुरुमा संक्रान्ति मेला (सात तस्वीर)
शब्द/तस्वीरः गगनशिला खड्का
पवित्र धर्मस्थल मानिने रुरु क्षेत्रस्थित कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मुर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले श्रद्धालुहरुको घुईँचो छ ।
माघे संक्रान्तिमा तीन दिनसम्म मेला लाग्ने यो क्षेत्र देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको तथा विष्णुले चतुर्वाहु रुप लिएको जनविश्वास छ ।
यस क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर (गलफूल गुफा), यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिरलगायतका दर्शनीयस्थलहरु छन् ।
नेपालसहित भारत, म्यानमारसमेतका देशबाट यहाँ मेला भर्न आउँछन् । रुरुमा बैशाखे संक्रान्ति, माघे संक्रान्ति, हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने गर्छ ।






