थप समाचारबिहीबार, माघ २, २०७०
बीस क्वीण्टल सुपारी बरामद
झापाको भद्रपुरबाट भारततर्फ निकासी गर्न लागेको २० क्विन्टल सुपारीसहित तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
१ माघ राति प्रहरीले सुपारीसहित भारत किसनगञ्जका मोहम्मद इकवाल ( २६), मोहम्मद मुख्तर (१९) र मोहम्मद नुरु (४५) लाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई सुपारी सहित मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।
तेस्रो मुलुकबाट कृषीजन्य वस्तुको आयातमा भारतले उच्च कर लगाएका कारण ब्यापारीहरुले बन्द कन्टेनरमा सुपारी नेपाल ल्याई नेपालमा उत्पादित भन्दै भारततर्फ तस्करी गर्ने गरेका छन् ।
गोपाल गडतौला, झापा
