थप समाचारबिहीबार, माघ २, २०७०

जेलमा रहेकी दुई महिने बालिका जोखिममा

हिमालखबर

कर्तव्य ज्यान अभियोगमा जेल सजाय भोगिरहेकी रुकुम रन्मामैकोट—२ कि ३५ बर्षकी लगन बिकले दुई महिना अघि कारागारमा जन्माएकी छोरी कुपोषणको शिकार भएकी छन् ।

कारागारको महिला बन्दी राख्ने साँघुरो चिसो कोठामा बस्दै आएकी लगन आफूले सुत्केरीले पाउने स्याहर त पाइनन् नै उनकी छोरी पनि छिंडीमा चिसो छिंडीमा सुत्न बाध्य छिन् ।

जन्मेकै दिनदेखि कठ्यांग्रिँदो चिसोमा बस्दै आएका आमा छोरीले घाम देख्न पाउँदैनन् । सबै एउटै कोठामा सुत्नेभएकोले पनि सुत्न समस्या परेको छ लगनले भनिन्, “चिसाले गर्दा रातभरी सुत्दैन, आगो बाल्ने दाउरा पनि छैन ।”

कारागारमा आफन्तहरु कोहि नआएपछि बालिकाको न्वारान पनि हुन सकेको छैन ।

६ महिना अघि जेल परेकी लगनका एक छोरा र एक छोरी काठमाण्डौस्थित बालगृहमा बस्दै आएका छन् ।

घरायसी विवादमा भाइबुहारी नाता पर्ने हुकाम–२ की ३७ वर्षीया जगतमाया विकको गत जेठ २० गते हत्या गरेको आरोपमा गर्भवती अवस्थामा लगन पक्राउ परेकी थिइन ।

जिल्ला अदालत रुकुमले गत बर्ष ३१ भदौमा उनलाई २० बर्ष कैद फैसला सुनाएको थियो ।

७० जना बन्दी रहेको कारागारमा ६ महिला र ६४ पुरुष कोचाकोच गरी बस्दै आएका छन् ।
लक्ष्मण केसी,रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>