थप समाचारबिहीबार, माघ २, २०७०
प्रा. डा. केसीको जीवन रक्षा गरः आयोग
त्रिवि शिक्षण अस्पतालको २ माघमा अनुगमन गरेपछि मानव अधिकार आयोगले प्रा. डा. केसीको जीवन रक्षाको माग सरकारसमक्ष गरेको हो । अनुगमनको क्रममा आयोगले केसीको स्वास्थ्य अवस्था नाजूक बन्दै गएको पनि ठहर गरेको छ ।
आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ, “अनुगमनको क्रममा प्रा. डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको तथा अनसनबाट उत्पन्न परिस्थितिका कारण अस्पतालमा सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ्यसेवा उपयोग गर्न पाउने अधिकारमा अवरोध पुगेको पाइएको छ ।”
आयोगले निर्वाध रुपमा स्वास्थ्य सेवा उपयोग गर्न पाउने वातावरण तयार पार्न पनि सरकारसँग आग्रह गरेको छ । आयोगले भनेको छ, “सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ्यसेवा उपयोग गर्न पाउने वातावरण तयार पार्न र प्रा. डा. केसीले अघि सार्नुभएका मागहरूका सम्बन्धमा वार्ता र संवादको माध्यमबाट टुङ्गोमा पुग्न आयोग सरकारसँग आग्रह गर्दछ ।”
आयोगले २ माघमा अस्पतालमै पगेर सेवाग्राहीले निर्वाध रूपमा स्वास्थ्य सेवा उपभोग गर्न पाए–नपाएको स्थितिबारे अनुगमन गरेको थियो ।
