समाचारबिहीबार, माघ २, २०७०

प्रा. डा. केसीको अवस्था ‘क्रिटिकल’, आईसीयू जान मानेनन्

हिमालखबर

चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तीको बिरोधमा अनसनरत प्रा. डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उपचारमा संलग्न डाक्टर राजेन्द्र वाग्लेले केसीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ भएको हिमालखबरलाई जानकारी दिए ।

उनले भने, “डा. केसीलाई आईसीयूमा भर्ना गर्नु जरुरी छ, तर उहाँले मानिरहनु भएको छैन ।”  केसीले आईसीयूमा भर्ना हुन नमानेपछि उनलाई अनसनस्थलमै उपचारको व्यवस्था मिलाइएको वाग्लेले बताए ।

वाग्लेका अनुसार डा. केसीलाई अनसनरतस्थलमा भूँईबाट खाटको व्यवस्था गरेर सारिएको छ । उनले डा. केसीको पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचाप बढ्न थालेको जानकारी दिए ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने लगायतका ७ बु‌दे माग राखी  केसी २७ पुसदेखि आमरण अनसन बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>