थप समाचारबिहीबार, माघ २, २०७०

विमानस्थलमा उद्धार केन्द्र निर्माण हुने

हिमालखबर

सोह्रौं भूकम्प दिवसको अवसरमा २ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना, उद्धार र अग्नि नियन्त्रण केन्द्रको शिलान्यास भएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले केन्द्रको शिलान्यास गरे । सचिव घिमिरेले विमानस्थल सुरक्षा, आपत्कालीन उद्धार तथा पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै त्यसमा अमेरिकालगायत नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे ।

राजदूत बोडीले नेपालमा भूकम्प जोखिम व्यवस्थापनका लागि अमेरिकाले नेपालमा प्राकृतिक जोखिम न्यूनीकरणका लागि सहायता गर्दै आएको भन्दै थपे, “नेपालको आर्थिक उन्नति र प्रकोप जोखिम न्यूनीकरण मेरो लक्ष्य हो ।”

केन्द्र निर्माणका लागि अमेरिकाले रु ४ करोड ५२ लाख ७६ हजार प्रदान गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>