समाचारशुक्रबार, माघ ३, २०७०

डाक्टरहरुले भीसी कार्यालय घेरे

हिमालखबर

अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्माको नियुक्तिको विरोधमा आन्दोलित डाक्टरहरुले भिसी कार्यालय बाहिर नारावाजी समेत गरेका छन् ।

उपकुलपति कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तैनाथ गरी चिकित्सकहरुलाई भित्र पस्न दिइएको छैन ।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप र शिक्षण अस्पतालको विकासका ७ बुँदे माग राखेर प्राध्यापक गोविन्द शर्मा विगत ७ दिनदेखि आमरण अनशनमा छन् ।

डा. केसीको समर्थनमा शिक्षण अस्पताल बाहेक वीर र विपी कोइराला अस्पताल धरानका चिकित्सक समेत आन्दोलित छन् ।

उपकुलपतिलगायतले घुस खाएर पदाधिकारी नियुक्ति गरेको भन्दै विरोधस्वरुप उपकुलपतिलाई दिन डाक्टरहरुले एक एक रुपैयाँ समेत संकलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>