समाचारशुक्रबार, माघ ३, २०७०

चिकित्सकको हड्तालविरुद्ध सर्वोच्चमा रिट

हिमालखबर

अत्यावश्यकीय सेवा ऐन विपरित चिकित्सकले हड्ताल गरेको भन्दै अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले ३ माघमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले गरिरहेको हडताल विरुद्ध रिट दायर गरेका छन् ।

रिटमा अस्पतालको काम कारवाही अवरुद्ध हुने गरी हड्ताल नगर्न र नगराउने आदेश माग गरिएको छ ।

त्यसैगरी आमरण अनसनमा बसेका प्राध्यापक डा। गोविन्द केसीको माग तत्काल सम्वोधन गर्न र शिक्षण अस्पतालको सेवा गुणस्तरीय भए नभएको छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गर्नुपर्ने पनि रिटमा माग गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गरी निश्चित मापदण्ड बनाउनुपर्ने लगायतका माग राख्दै केसीले शुरु गरेको अनशनप्रति ऐक्यवद्धता जनाउँदै शिक्षण अपस्तालका चिकित्सकहरुले सेवा बन्द गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>